Smoking Causes Cancer

ट्रिपल आर क्रियसनको अर्को मौलिक प्रस्तुति ‘करङ खोलीमा’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: ट्रिपल आर क्रियसनको निर्माण रहेको नितान्त मौलिक नौमती भाका तीनतालमा म्युजिक एरेन्ज गरिएको पञ्चेबाजाको गीत सार्वजनिक गरिएको छ। म्युजिक भिडियो रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अन्य पञ्चेबाजाको तुलनामा सिपालु नृत्यकारहरुको लागि धोका फेरेर स्टेप बदलेर धित मरुन्जेल नाच्न पाउने फरकपन यस संगीतमा भेटिन्छ।

हाम्रो आफ्नै गाउँको पृष्ठभूमि, यथार्थ स्थानीय परिवेश, गाउँघर, गाई बाख्रा चराउँदै खोलामा छेपाछेप गरेका स्मरणहरु, लटरम्म फलेका ऐंसेलु चौतारी खाएका पुराना दिनहरुको सम्झना, प्रवास बसाइमा आफ्नो मातृमाटोको मायाले छटपटी हुँदाका बखतमा परिकल्पना गरिएका कलेजीकुनाका शब्दस्वर यस भिडियोमा देख्न सकिन्छ। कुशल श्रजक खिमा नन्द खरेलको भाकामा रहेको नयाँ कृती, यो संदेश मुलक पञ्चेबाजा दोहोरी यौटा ‘गाउँ फर्क अभियान’ पनि हो भन्ने बुझ्न कठिन छैन।

सिंचाई
Forest
Ad.

खिमा नन्द खरेल र हेमनाथ खरालको शब्द रचना रहेको यो श्रव्यदृश्य सामग्रीको परिकल्पना पनि श्रजक आफैले गरेका तथा यस भिडियो को पुरै लगानी पनि ट्रिपल आर क्रियसन मार्फत सर्जक खिमा नन्द खरेल आफैले गरेका हुन्। प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियोबाट अडियो निर्माण गरिएको तथा शैली कृयसन मार्फत भिडियो निर्माण गरिएको ‘करङ खोलीमा’ नामक यस एल्बममा मृदुल स्वरका धनी रमेश विश्वकर्मा तथा जादुमयी आवाजले गाउने चर्चित दोहोरी गायिका आशा वासीको कोकिलकण्ठी कण्ठ प्रहार रहेको यो म्युजिक भिडियो साँच्चिकै सुन्दर बनेको छ। यस भिडियोमा सुरी मगर, कमल बराल देखि मुसिकोटका स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ।

कुशल नृत्याङ्गना कोमल पाण्डे र नृत्यगुरु शिवाजी क्षेत्रीको प्रशंसनीय नृत्य प्रस्तुती रहेको यो म्युजिक भिडियोमा शिवाजी क्षेत्रीको कोरियोग्राफी र रामचन्द्र चन्दको एरेन्ज रहेको छ।

यो प्रिय सिर्जना Revans Shiva Music युटुब च्यानल मार्फत सार्वजनिक भइसकेको छ।

हेरौँ यो अर्थपूर्ण र सुमधुर भाका:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया