Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी महोत्सवमा ६ दर्जन बढी कलाकारहरुको प्रस्तुति रहने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिविधी बढ्न थालेका छन्। ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको मेलाको तयारीलाई तिब्र पारिएको छ ।

मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य।हित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने चौथो गुल्मी महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए। मेलामा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरु बोमबहादुर कार्की, शिब परियार, राजु परियार, बद्रि पंगेनी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, चन्द्र शर्मा, खुमन अधिकारी, कमल खत्री,रामजी खाँड, रचना रिमाल, शान्तीश्री परियार, रहेका छन्।

अलिफ खाँन, बैकुण्ठ महत, प्रिती आले, रमेशराज भट्टराई, राधिका हमाल, अञ्जली अधिकारी, श्रीप्रसाद थापा,कमला घिमिरे, महेन्द्र गौतम, नारायण बिपि परियार, विष्णु श्रीपाली, विसाल श्रेष्ठ बसन्त खत्री रहेका छन्। त्यस्तै लक्ष्मण खड्का, शितल शर्मा, कल्पना कुसुम, पुरुषोत्तम भण्डारी सिता राना, समिक्षा बिसी, सन्तु थापा, गणेश अधिकारी, अनुराना मगर, भुवन भुसाल रहेका छन् ।

सिंचाई
Forest
Ad.

त्यस्तै सन्तोष केसी, हरि खत्री, तुलसिंह रनपछाई, उज्जवल गिरी, सम्झना परियार, शुसिला गौतम, तिलक बस्नेत दिपु मगर, धनमाया राना, शिलु भट्टराई, लक्ष्मी बस्नेत, नन्दु परियार, सुरी मगर, सूर्य रेगामी, सुरेश राना, पवन परियार, मनिषा पोखरेल, राशी रिजाल रहेको साँस्कृतिक कार्यक्रम संयोजक कंडेलले बताए । महोत्वसमा सुनिल थापा, मन्जु थापा, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, कमल कार्की, ककमल कंडेल, रितु थापा, माया थापा, निर्मला थापा मगर, बिक्रमवावु वि.क., रामकुमार बिष्ट, दिनेश थापा लगायतको प्रस्तुती रहनेछ ।

मेलामा गुल्मी जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहन सफल उद्मान गायकहरु पनि समाबेश हुनेछन् । राष्ट्रिय कलाकारसँगै जिल्लाका १२ वटै स्थानीय तहमा रहेका साँस्कृति झल्कीने बिशेष मौलीक प्रस्तुतीहरु राखिने कंडेलले बताए ।

गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ ।

चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।

Awareness by SKF

महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ। म्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए ।

त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया