Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बडिगाडमा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु, २ जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कमल पौडेल, बागलुङ: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, गोठानमा सुख्खा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ।

मोटरबाटो खनिरहेको स्थानमा अनुगमनको क्रममा पुगेका मोटरवाटो उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहेका ६० वर्षीय गोपिराम वि.क.को घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै पहिरोमा परेर गोठान मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष वर्ष ३४ का दुर्गा वि.क. र उनका भाई ३८ वर्षका डिल बहादुर विक घाइते भएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ।

सिंचाई
Forest
Ad.

बडिगाड गाउँपालिकाको वडा नं. ७ इदिखोला देखि गोठान जोड्ने करिब ७ किलोमिटर उक्त सडक खण्डमा सडक खन्ने काम भइरहेको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया