Smoking Causes Cancer

अत्यधिक चिसो बढेपछि गुल्मीको मुसिकोटका विद्यालय बन्द हुने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: अत्यधिक चिसो बढेपछि मुल्मी मुसिकोट नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरू बन्द हुने भएका छन।

विगत ३ दिन अगाडिदेखि क्रमश चिसो बढ्दै गएको र मङ्गलबार बेलुकीदेखि निरन्तर पानी परी चिसो बढेकोले आउदो शुक्रबारसम्म बिदा दिने निर्णय गरिएको मुसिकोट नगरपालिका शिक्षा शाखा सहायक प्रमुख चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो।

पुस १५ गते सङ्घिय सरकारले पनि तमु ल्होसारको अवसरमा बिदा दिएको छ तर त्यस अगावै मुसिकोट नगरपालिकाले जाडो बढेकोले २ दिनलाइ बिदा दिने निर्णय गरेको मुसिकोट शिक्षा शाखाले जनाएको छ।

सिंचाई
Forest
Ad.

वर्षभरिमा गरिने स्थानिय बिदा मध्येबाट कट्टी हुने गरि बिहिबार र शुक्रबारको लागि बिदा गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया