Salime Malika Krishi Farm

Awareness Campaign

महिलाहरुले मात्रै चलाएको बागलुङ बडिगाडको नमुना स्वास्थ्य चौकी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: स्वास्थ्य परीक्षण, उपचार र व्यवस्थापनमा खटिने बडिगाड गाउँपालिका स्थित ग्वालीचौर स्वास्थ्यचौकी इन्चार्ज सुशीला रेश्मीलाई बिरामीले उनकै कोठामा पुगेर उल्टै सोध्छन्, ‘डाक्टर खै

शिक्षक, कर्मचारी वा अन्य जानेबुझेकाले पनि बिरामीको परीक्षण गर्ने को हो भनेर सोध्दा भने उनलाई अचम्म लाग्छ। उनी स्वास्थ्यचौकीको इन्चार्ज र हेल्थ असिस्टेन्ट पनि हुन् । उनीसँगै यो स्वास्थ्य चौकीमा ८ जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् ।

सबैले मिलेर सेवाप्रवाह गरिरहेका छन्  । दैनिक एक सय जस्तो बिरामी स्वास्थ्य परीक्षण र उपचारमा आउने गरेका छन्  । तर अधिकांशले महिला मात्रै देखेर अनौठो मान्छन् । ‘कतिले मलाई नै स्वास्थ्यकर्मी छैनन् र भन्छन्,’ रेश्मीले भनिन् । यहाँ ३ जना अहेवसमेत महिला छन् । अनमी, कार्यालय सहयोगी समेत महिला देख्दा कतिपयले सेवामा नै शंका गर्ने उनले बताइन् ।

सिंचाई
Forest
Ad.

एकजना डाक्टर सहितको दरबन्दी रहेको यहाँ निमित्त प्रमुखको भूमिकामा रेश्मी छिन् । डाक्टर सहित दशजना बढी दरबन्दी पूरा भएको छैन । तर सेवा प्रवाहमा महिला स्वास्थ्यकर्मीले भने राम्रो व्यवस्थापन गरेका छन् । प्रसूति सेवा, गर्भ परीक्षण र महिनावारी सम्बन्धी समस्या भएर आएकाले भने महिला स्वास्थ्यकर्मी नै खोज्छन्।

‘अधिकांश सेवाग्राहीले पहिला पुरुष स्वास्थ्यकर्मी खोज्छन्, नभेटेपछि मात्रै हामीसँग समस्या बताउन थाल्छन्,’ अहेब माया घिमिरेले भनिन्, ‘सेवा पाएपछि मात्रै खुसी भएर फर्कन्छन् ।’ पुरुष स्वास्थ्यकर्मी नभएकाले केहीले टीकाटिप्पणी गरेरसमेत फर्कने गरेको उनले सुनाइन्।

स्वास्थ्यकर्मी भन्नेबित्तिकै पुरुष डाक्टर, पुरुष अहेव भन्ने धारणा परिवर्तन नभएकाले अझै पनि उपचारमा चित्त नबुझाउने चलन रहेको स्थानीय शिक्षक अर्जुन खरेलले बताए। ‘सेवा प्रवाह कस्तो छ भन्ने हो, पुरुष र महिला जो भए पनि फरक पर्दैन,’ उनले भने, ‘बरु बेलाबेला केही निणर्य लिनुपर्दा स्वास्थ्यकर्मीले स्थानीय शिक्षक तथा व्यवस्थापन समितिको साथ खोज्नुहुन्छ।’ व्यवस्थापन समितिमा भने अधिकांश पुरुष छन्।

स्वास्थ्यकर्मीतर्फ भने अहेव बेलकुमारी केसी, अनमी कमला आचार्य, सुनिता खत्री तथा ल्याबमा अनिता श्रीष र प्रशंसा शर्माले काम गर्छन् ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि कँडेलले महिला मात्रैले चलाएको स्वास्थ्य चौकी नमुना बनेको बताए । महिला मात्रै भएकाले कुनै समय कठिन भएको अनमी कल्पना आचार्यले बताइन् ।

Awareness by SKF

भीडभाड र केही उच्छृंखल युवाले महिला मात्रै देख्दा हेप्ने गरेको उनले गुनासो गरिन् । स्वास्थ्यचौकीमै सुरक्षित सुत्केरी सेवा पनि छ । सेवा दिने क्रममा मिलेर काम गर्छन् । यहाँ फेयरमेड फाउन्डेसनले कोठा तातो राख्ने, बच्चा जन्मेपछि श्वासप्रश्वास गराउने, प्रसूति बेड र ल्याबमा समेत सहयोग गरेको छ । एक जना स्वास्थ्यकर्मी समेत खटाएर व्यवस्थापनमा सघाएको छ ।

‘पहिला सुत्केरी गराउनु पर्दा समस्या थियो, तत्काल रिफर गर्थ्यौं,’ रेश्मीले भनिन्, ‘अहिले सबै सामग्री छ, त्यसैले डराउनु पर्दैन ।’ हजारौं खर्च नगरी निःशुल्क सेवा पाएपछि भने पुरुषहरू आएर धन्यवाद दिने गरेको रेश्मीले बताइन् । यहाँ वर्षमा झन्डै १ सय बढी प्रसूति सेवा लिनेहरू आउँछन् । नियमित गर्भ जाँच, ल्याब सेवा र निःशुल्क औषधि वितरणसमेत हुने गरेको छ ।

भिडियो एक्सरे नहुँदा जटिल समस्या हुनेले भने टाढा जानुपरेको गुनासो गरे । ‘मैले पनि यहाँबाटै प्रसूति सेवा लिएको हुँ, राम्रो सेवा दिनुभयो,’ उनले भनिन्, ‘भिडियो एक्सरे नभएकाले डर र शंका भने लागेको थियो ।’ कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया