Salime Malika Krishi Farm

Awareness Campaign

नेपाली सेनाद्वारा सिद्धबाबाका विद्यार्थीहरुलाई एनसिसी तालिम प्रदान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: विद्यालयमा किताबी ज्ञानका अलवा विद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ। नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो।

सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढने ३६ जना विद्यार्थीलाई नेपाली सेना जंगी अड्डा काठमाडौंले आत्मरक्षा तथा देशभक्ती एनसिसी सम्बन्धी तालिम दिन सुरु गरेको छ। तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले शुभाम्भ गरेका हुन्।

नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत विद्यार्थीलाई यस्ता खालका तालिम दिन थालिएको हो। तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले राष्ट्र र नागरिकहरु प्रति सुसभ्य नागरिक बनाउने उदेश्यले तालिम दिन थालिएको बताए।

सिंचाई
Forest
Ad.

तालिम पश्चात अनुशासित नागरिक र सेनाको रिर्जव फोर्सको रपमा रहेको पौडेलले बताए। तालिमको क्रममा अनुशासनलाई केन्द्र बिन्दुमा राखेर राज्यप्रति र नागरिक प्रति सर्मपित भावले कामगर्ने ज्ञानसिप लिन आग्रह गरे।

तालिम शुभारम्भ शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले विद्यार्थीले तालिमको क्रममा पढाईलाइ पनि ध्यान दिन आग्रह गरे। तालिमबाट अनुशासित, बफादारिता, इमान्दारिता, राष्ट्रियताको भावना र नेतृत्व क्षमता विकास गर्नुका साथै भविष्यमा विपद तथा उद्धार, राहत कार्यमा स्वयम् सेवकको भूमिका निर्वाह गर्नसक्ने दक्ष जनशक्ती उत्पादन गर्ने तालिमको मुख्य उद्देश्य रहेको संग्राम सार्दुल गुल्म गुल्मीका प्रमुख सेनानी राजन भुजुले बताए।

अनुशासनमा बसी तालिमबाट ज्ञान हासिल गर्न उनले आग्रह गरे। कोरोना महामारी पहिले एनसिसी तालिम एक सय दिन रहेको थियो ।जसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन गर्दै आइरहेको थियो।

Awareness by SKF

तर अहिले कोरोना महामारीका कारणले गर्दा तालिम अवधि घटाइएको छ। जसअनुसार ५० दिन मात्रै दिन थालिएको छ। जसमा ३५ दिन विद्यालयमै संस्थागत तालिम र १५ दिनको तालिम काठमाण्डौंको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने सेनानी भुजुले बताए।

तालिममा सहभागी हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने मौका समेत पाउने सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर जिसीले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया