Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा रक्तदान कार्यक्रम सन्चालन हुँदै, सहभागिताको लागि अनुरोध



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ३, बडागाउँ ठुलापोखरा स्थित बडागाउँ स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम संचालन हुने भएको छ।

श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट-३, बडागाउ मैदानको २०६१ को एस.एल.सी. ब्याच अन्तर्गत प्रतिमा राना स्मृति अक्षय कोषको आयोजनामा आउदो शनिबार कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

आपतकालिन अवस्थामा रगतको अभावमा कतिपय मानिसले ज्यान गुमाउनुपरेको स्मरण गर्दै यस अभियानले थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोषका अध्यक्ष सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा रक्त संकलनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही बुटवलबाट ८ जनाको प्राविधिक सहितको टोलि शुक्रबार बेलुकीसम्म मुसिकोट आइपुग्ने ठकुरीको भनाइ छ।

रक्तदान कार्यक्रम मार्फत ७० देखि ८० युनिटसम्म रगत संकलन गर्ने लक्ष्य रहेको र संकलन पश्चात बुटवलमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा जम्मा गरिने ठकुरीले बताउनुभयो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया