Salime Malika Krishi Farm

Awareness Campaign

नागरिकको घरदैलोमा सेवा पुर्याउदै रेसुङ्गा नगरपालिका



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: नागरिकलाई घरदैलो मै सेवा पुर्याउने उद्देश्यले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडातहमै पुगी एकीकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको छ। रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ मा अवस्थित साउनेथुम निम्न माध्यमिक विद्यालयमा एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो।

‘रेसुंगा नगरपालिकाको नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो। एकिकृत घुम्ति शिविरको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेका थिए।

नगरप्रमुख भुसालले नागरिकको घरदैलोमा सरकार आएकाले एकिकृत घुम्ती शिविरबाट अधिकत्तम सेवा लिन आग्रह गरे। उनले नागरिकले नगरसम्म सेवा लिन नसकेकालाई घरमै सेवा प्रवाह गरिएको बताए।

सिंचाई
Forest
Ad.

नगरपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै नागरिक मैत्री सेवा प्रवाहको अभियान अन्तरगत एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको थियो। शिविरमा स्वास्थ्य जाँच तथा औषधी उपचार, कोभिड खोप वितरण, आँखा जाँच गरिएका, सामाजिक सुरक्षा सेवा अन्तर्गत जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नविकरण तथा वितरण गरिएको थियो।

कृषि विकासतर्फ माटो परीक्षण, बीउ बिजन वितरण गरिएको थियो। रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिलेको एक्काइसौं शताब्दीमा नागरिक सेवा खोज्दै कार्यालयमा जाने भन्दा पनि कार्यालय नै सेवाग्रहीको घरदैलोमा उपस्थित भएर सेवा दिनुपर्ने बताए।

सोही मर्म अनुसार रेसुङ्गा नगरपालिकाले वडातहमै पुगेर एकिकृत घुम्ति शिविरबाट बहुसेवा प्रवाह गरेको बताए। स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदा स्थानीयहरु खुशी भएका थिए।

Awareness by SKF

एकिकृत घुम्ति शिविरबाट २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने निःशुल्क औषधी पनि वितरण गरिएको थियो। २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ। जसमा १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ।

माटो परीक्षणका लागि १५५ जना कृषिकहरुले ल्याएको माटो संकलन गरिएको छ। १०५ जना कृषकहरुलाई पशुहरुको औषधी वितरण गरिएको थियो।

४० भन्दा बढी जेष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो। शिविरमा नगरपालिकाका कर्मचारी, गुल्मी अस्पतालका स्वास्थ्यकर्मीहरु, नेत्र ज्योति संघ गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेत लगायतले सेवा प्रदान गरेका थिए। गुल्मीन्यूज‌‌ डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया