Salime Malika Krishi Farm

Awareness Campaign

सिँगारिँदैछ रेसुङ्गा: सडक कालोपत्रे, सिँढी र साढे पाँच करोडको पार्क निर्माण हुदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पछिल्लो समय रेसुङ्गा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ। रेसुङ्गा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ। पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ। यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन्।

गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुङ्गामा पर्यटकको संख्यामा वृद्धि भएको छ। भर्खरै रेसुंगाकै गर्जुरामा आकर्षक पर्यटकीय पार्कको शिलन्यास भएको छ। पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुङ्गाको बीचमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माण हुनेछ।

तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण गरिने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए। पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने मरासिनीले बताए।

सिंचाई
Forest
Ad.

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको हो। पार्क निर्माणको लागि नागरिक उडड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी छ।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको नगरपालिकका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए। सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ साल फागुन ३० गते काम सम्पन्न गर्नुपर्नेछ।

पार्कको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले शिलान्यास गरे। पार्क शिलान्यास गर्दै मेयर भुसालले आफूहरू निर्वाचित भएपछि प्राथमिकता दिएका कृषि, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताए।

उनले मझेङ बृहत खानेपानीसहित, लिफ्ट र डिब बोरिङमार्फत नगरवासीको खानेपानी समस्या समाधानदेखि कृषकलाई अनुदान, उत्पादनको बजारीकरण, बिउ, मल र औजारमा सहुलितको काम गरिएको बताए।

Awareness by SKF

त्यस्तै पर्यटन विकासको लागि गर्जुरा पार्क, रेसुंगा, अर्जुन, उनायचौरसहित वडाहरूमा थुप्रै भौतिक संरचना निर्माणको काम गरिएको भुसालको भनाइ छ। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया