Smoking Causes Cancer

गुल्मीको मुसिकोटमा विद्यार्थी छोडेर आउदै गरेको गाडी दुर्घटना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: गुल्मी गुल्मीको मुसिकोट नगरपालिका-७, वामी झेँदीमा विद्यार्थी छोडेर फर्कदै गरेको लु २ ख ५२९६ नम्बरको गाडी दुर्घटना भएको छ।

मालिका इङ्ग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई वामी शेरासम्म छोडेर फर्कने क्रममा करिब ४:४५ बजेतिर दुर्घटना भएको वामीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो। गाडी सडकबाट करिब २० देखि २५ मिटर तल खसेको छ।

उक्त गाडीमा अन्य यात्रु कोहि नभएको र चालक खुम बहादुर राना घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारको लागि पठाइएको विद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठले बताउनुभयो।

सिंचाई
Forest
Ad.

विपरित दिशातिरबाट आएको मोटरसाइकललाई बचाउने क्रममा एक्कासी ब्रेक लगाउदा सडकको ढुङ्गामा घर्सिएर दुर्घटना भएको चालक खुम बहादुर रानाले बताएका छन।

सडक देखि तल खसेको गाडीलाई निकाल्ने प्रयास भैरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया