Smoking Causes Cancer

गुल्मीमा एक किशोरी र एक महिलालाई बलात्कार गरेर भागेका २ जना पक्राउ



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका-८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन्।

२०७७ साल पुस २३ मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले रातोपाटीलाई बताए।

४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन्। गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ। कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए।

सिंचाई
Forest
Ad.

दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए। रातोपाटी डटकममा यो खबर प्रकाशित छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया