गुल्मी: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड १५ रात बन्द हुने भएको छ। सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत दोभान आसपास क्षेत्रमा सडक चौडा कार्यको लागि आवागमन बन्द गर्नु परेको हो।
डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो। उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ।
यद्यपी, उल्लेखित समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्। गुल्मीन्यूज डटकममा यो खबर प्रकाशित छ।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







