Clean Water Campaign

Awareness Campaign

गुल्मेली डिएसपी मरासिनी उत्कृष्ट कामका लागि कास्कीमा पुरस्कृत



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्ला प्रहरी कार्यालय कास्कीले इलाका प्रहरी कार्यालय शिसुवा लेखनाथ कास्कीमा कार्यरत प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा दरबन्दी भई लेखनाथमा कार्यरत मरासिनीले पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी उच्च नैतिकताकासाथ पूरा गरेको भन्दै पुरस्कृत गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाद्वारा हस्ताक्षरीत पुरस्कृत पत्रमा मरासिनीले शान्ति सुरक्षा कायम गर्न प्रभावकारी रुपमा प्रहरी परिचालन गर्नुका साथै कार्यालय व्यवस्थापनमा, भौतिक पूर्वाधार प्रदान एवम् प्रहरी कार्यमा उच्च इमान्दारीता र उच्च व्यवसायिकता प्रदर्शन गरेको जनाइएको छ

लामो समयसम्म स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको सुरक्षाको जिम्मेवारी सम्हालेका मरासिनी नेपाल प्रहरी भित्र उच्च नैतिकवान अधिकृतका रुपमा परिचित छन्

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय म्याग्दीको कमाण्ड सम्हाल्दा पनि मरासिनीलाई सर्वसाधारणले राम्रो अधिकृत भनेर प्रशंसा गर्ने गरेका थिए। वर्तमान अतिरिक्त महानिरीक्षक सहकुल थापाको कमाण्डमा काभ्रे रहँदा उनले सम्झने लायकको कार्य गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया