Clean Water Campaign

Awareness Campaign

कार्तिक ३ देखि अवरुद्ध रिडी-रुद्रावेनी सडक सेनाले खुलाउने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्राबेनी सडकखण्ड अझै सुचारु हुन सकेको छैन।

रिडी रुद्रबेनी सडकखण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।

अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। पहिरोको बिचमा ठूला-ठूला ढुङ्गाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए।

सिंचाई
Forest
Ad.

डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए। शुक्रबार (आजबाट) नेपाली सेनाले काम सुरु गर्ने पौडेलले बताए।

सडक अवरुद्ध भएपछि शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया