Smoking Causes Cancer

गुल्मीकी एक विद्यार्थीले भेटाएको मंगलसुत्र गरिन् फिर्ता



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा एकजना विद्यार्थीले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता गरेकी छिन्।

जिल्लाको इस्मा गाउँपालिका-३ की एन्जल सुनारले इस्मा गाउँपालिका-१ की जमुना पन्थी पोखरेलको मंगलशुत्र फिर्ता गरेकी हुन्। एन्जल इस्मा गाउँपालिका-१ कै दलित महिला सदस्य माया सुनारकी छोरी हुन।

इस्मा रजस्थलबाट घर हस्तिचौर गुर्बा जाँदै गर्दा दर्लामचौर डाढुङ्गामा मंगलशुत्र हराएका थियो। त्यसपछि जमुनाका श्रीमान बाबुरामले फेसबुकमा मंगलशुत्र हराएको सुचना राखेपछि एन्जलले आफुले भेट्याएको भन्दै बाबुरामलाई फोन गरेकी थिइन्।

सिंचाई
Forest
Ad.

एन्जललाई हिमालय माध्यमिक विद्यालयमा जमुनाले पढाएकी थिइन्। घरमा र विद्यालयमा आफुले इमानदार बन्नुपर्छ भन्ने शिक्षा पाएको भन्दै भेटाएको चिजवस्तु दिदाँ नै उपयुक्त हुने ठानेर आफुले फिर्ता गरेको एन्जलकाे भनाई छ। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया