Smoking Causes Cancer

गुल्मीमा गाँजाजस्तो पदार्थसहित एक महिला पक्राउ



ओझेलका खबर
२३ घण्टा अगाडि


Place for ads

गुल्मी । गुल्मीमा गाँजाजस्तो पदार्थ लुकाइछिपाइ राखेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मिति २०८३ मंसिर १० गते साँझ करिब ७ बजे रेसुङ्गा नगरपालिका–९ चारिखोलामा गाँजा बिक्री हुने गरेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको रोहवरमा महिला प्रहरी कर्मचारीसमेत सहभागी प्रहरी टोलीले चारिखोलास्थित सुन्तला सर्किनीको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा उनको सुत्ने कोठामा प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखेको गाँजाजस्तो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त बोराभित्र १२ वटा कागजमा प्याकिङ गरिएको अवस्थामा तथा केही खुला अवस्थामा गाँजाजस्तो पदार्थ राखिएको थियो।

सिंचाई
Forest
Ad.

बरामद पदार्थलाई प्याकिङ गरिएको कागजसहित तौल गर्दा २१० ग्राम र प्याकिङ कागज हटाएर तौल गर्दा खुद तौल १४० ग्राम रहेको प्रहरीले जनाएको छ।

उक्त पदार्थ बरामद गरी सुन्तला सर्किनीलाई समेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी बिरेन्द्र बिश्वकर्माले जानकारी दिनु भयो ।
……..
पोस्ट मिति : २७ मंसिर २०८३
समय : अपरान्ह १२.४०
…….
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो