रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति स्कुलको गेटनजिक गुडी रहेको ईभी गाडीको ढोकाबाट खसेर एक यात्रु गम्भीर घाइते भएका छन्।
हिजो बेलुकी करिब ८:१५ बजे लिवाङबाट जुगारतर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको ईभी गाडीबाट त्रिवेणी गाउँपालिका–३, छाप निवासी ३० वर्षीय गणेश घर्ती मगर खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ।
त्रिवेणी गाउँपालिका–६, कालिपानी निवासी करिब २५ वर्षीय राजु परियारले चलाएको उक्त गाडीबाट खसेर घाइते भएका घर्ती मगरको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे राति ८:२० बजे प्रहरी चौकी जुगारमा खबर प्राप्त हुनासाथ ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेलाई स्थानीय नेर्पा स्वास्थ्य चौकीमा पुर्याएर उपचार भइरहेको छ।
गाडीमा सवार अन्य आठ जना यात्रुलाई आ–आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। घटनापछि चालक र गाडी प्रहरी चौकी जुगारको नियन्त्रणमा राखिएको थियो।

प्रहरीका अनुसार राति ११:५० बजे प्रहरी निरीक्षकको टोलीले चालक र गाडीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय होलेरी लगेको छ। चालकले मादक पदार्थ सेवन गरे/नगरेको विवरण भने प्रहरीको प्रारम्भिक टिपोटमा खुलाइएको छैन।
घटना कसरी भयो, गाडीको ढोका खुला थियो वा प्राविधिक समस्या थियो, यात्रु गाडीबाट कसरी खसे भन्ने विषयमा थप अनुसन्धान हुन बाँकी छ।
……
पोस्ट मिति : २०८३ मंसिर ३ गते
समय : बिहान ९ .१५ बजे
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |