Smoking Causes Cancer

५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय पाएका फरार प्रतिवादी श्रीवास्तव वीरगन्जबाट पक्राउ



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

काठमाडौं । राजस्व चुहावटको कसुरमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी रामचन्द्र श्रीवास्तव पक्राउ परेका छन्।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी राज्यको राजस्वमा हानि पुर्‍याएको कसुरमा दोषी ठहरिएका ३३ वर्षीय श्रीवास्तवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगन्जबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार श्रीवास्तव सँग्राला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मर्यक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यु महादेव इन्टरनेसनलका प्रोप्राइटर हुन्। राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि उच्च अदालत पाटनले उनलाई कसुरदार ठहर गर्दै रु. ५३,८१,८३,०८१ (त्रिपन्न करोड एकासी लाख त्रियासी हजार एकासी रुपैयाँ) जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।

सिंचाई
Forest
Ad.

अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी लामो समयदेखि फरार रहेको सीआईबीले जनाएको छ। पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

यस घटनाले नक्कली कर बिजक प्रयोग गरी राजस्व छली गर्ने आर्थिक अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान र अदालतको फैसला कार्यान्वयनको प्रक्रियालाई फेरि चर्चामा ल्याएको छ। राज्यको राजस्वमा हानि पुर्‍याउने कसुरमा अदालतबाट सजाय पाएका व्यक्ति फरार रहे पनि फैसला कार्यान्वयनको दायरामा ल्याउन सकिने यो घटनाले देखाएको छ।

….
पोस्ट मिति : २०८३ मंसिर २
समय : बेलुका  ५ बजे  

….
ओझेलका खबर — खबर भित्रको खबर

Awareness by SKF

…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो