Smoking Causes Cancer

झण्डै ११ अर्ब बिगो दाबी गरिएको सहकारी प्रकरणमा लामिछानेसहित सहकारीकि महिला कर्मचारी पक्राउ



ओझेलका खबर
४ घण्टा अगाडि


Place for ads

सुनसरी । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झण्डै ११ अर्ब बिगो गरिएका बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापकसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ मंसिर २ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार सहकारीका संस्थापक शिवकुमार लामिछाने (विश्वकर्मा) र अस्मिता भण्डारी पक्राउ परेका हुन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ।

सिंचाई
Forest
Ad.

प्रहरीका अनुसार लामिछाने सुनसरीको धरान उपमहानगरपालिका–१२ मा जन्मिएका ४५ वर्षीय व्यक्ति हुन्। हाल काठमाडौं महानगरपालिका–२२ मा बसोबास गर्दै आएका उनी बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक हुन्।

त्यस्तै, पक्राउ परेकी ३३ वर्षीया अस्मिता भण्डारी सुनसरीको धरान उपमहानगरपालिका–१५ निवासी रमेश भण्डारीकी छोरी हुन्। उनी बराह सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको प्रदेश सचिवालय सदस्य रहेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
…..
पोस्ट मिति : २०८३ मंसिर २
समय : बुलुकी ५.३५

…..
ओझेलका खबर — खबर भित्रको खबर

…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो