मुख्य तथ्य
-तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु।
-दुर्घटनामा चार जना मध्यम घाइते।
-घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि बुटवल रिफर।
-दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी नियन्त्रणमा।
नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरस्थित गोपीगञ्ज–गण्डक नहरको भित्री सडक खण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुधबार साँझ ६:१० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५३ बीभी ९७५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। सोही क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलमा सवार पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीका २०/२२ वर्षीय उसमान पठानको मृत्यु भएको हो। जिल्ला अस्पताल परासी पुर्याइएका उनलाई चिकित्सकले साँझ ७:०८ बजे मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।
प्रारम्भिक उपचारपछि ईसराफिल अन्सारी, प्रमोद तेली र मोहम्मद राजा पठानलाई थप उपचारका लागि सिद्धबाबा अस्पताल बुटवल र सत्यम हरिजनलाई लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ।
दुर्घटनामा संलग्न यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलमा पछाडि सवार पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीका १८ वर्षीय फिरोज अली देवान प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट प्रहरी सहायक निरीक्षक मृत्युञ्जय कुमार शुक्लाको कमाण्डमा तीन जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
………..
पोस्ट मिति : १९ कात्तिक २०८३
समय : बेलुकी २१.३० बजे
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









