रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–७ होलेरीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिश थापाको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते राति करिब १ बजे होलेरी हाटबजारको कम्पाउण्डभित्र रहेको दिलबहादुर खड्काले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो ।
सो क्रममा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख १७ हजार ७५० रुपैयाँ र तासका तीन गड्डीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका–६ का ३६ वर्षीय टोपबहादुर बोहरा, २१ वर्षीय प्रकाश बुढाथोकी, ३० वर्षीय शान्तराज रेउले र २३ वर्षीय कुलबहादुर रेउले रहेका छन् ।
त्यस्तै, वडा नं. ७ का ५५ वर्षीय ज्ञानबहादुर थापा, ३६ वर्षीय महेन्द्र घर्ती, ३९ वर्षीय नरसिंह रोका र ५० वर्षीय होटल सञ्चालक दिलबहादुर खड्का, वडा नं. ५ का २४ वर्षीय देविराम विक तथा वडा नं. ८ का ३२ वर्षीय नरबहादुर बस्नेत पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालंय रोल्पाक प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले पठाएको समाचार विवरणमा उल्लेख छ ।
…………
मिति : बुधबार, १८ कात्तिक २०८३, १० बजे
……….
ओझेलका खबर — खबर भित्रको खबर
……….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



