-सुनसरीकोधरान उपमहानगरपालिका–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको आधिकारिक फेशबुक पेज ( nepal police ) का अनुसार ,आज बिहान करिब ०३:०० बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले ती गाडीमा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ का चालक), सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहार प्रान्त, मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह (को.१ च ८१८२ का चालक) र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
……….
पोस्ट मिति : २०८३ मंसिर १६ गते
समय : बिहान ८. २९ बजे
………..
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी स्वीकार्य छैनन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









