Smoking Causes Cancer

सुर्खेतमा चिरपट प्रहारबाट एक जनाको ज्यान गयो



ओझेलका खबर
१ दिन अगाडि


Place for ads

ओझेलका  खबर, सुर्खेत  ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा एक एक ब्यक्तिको चिरपट (दाउरा) प्रहारबाट एक वृद्धको ज्यान गएको छ ।

  जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम प्रसाद यादवबाट प्राप्त विवरण अनुसार कात्तिक १० गते बिहान करिब ११ः३० बजे स्थानीय ४० वर्षीय मैते भन्ने टेकबहादुर बि.क.ले सोही ठाउँका ६२ वर्षीय मानबहादुर राजीलाई चिरपटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए।

चिरपट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको थियो। स्वास्थ्यमा सुधार नआएपछि दिउँसो २ बजे थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, कोहलपुर पुर्‍याइएकोमा डाक्टरले २ः१२ बजे मृत घोषणा गरेका थिए ।

 हिजै  ५ः५१ बजे पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल, सुर्खेतको शवगृहमा ल्याएर राखिएको छ।घटनालगत्तै स्थानीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले कुटपिटमा संलग्न टेकबहादुर बि.क.लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

सिंचाई
Forest
Ad.

प्रहरी निरीक्षक यादवका अनुसार कुटपिट गर्नुको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो