Smoking Causes Cancer

रास्वपा महाधिवेशन र गगनको ग्लोरिफाई



विपिन विश्वास रायमाझी
१ मिनेट अगाडि


Place for ads

विशेष महाधिवेशन र निर्वाचनको पराजयपछि गगनलाई नेपाली कांग्रेसकै मूलधारका नेताहरूले खासै महत्व दिएका थिएनन्। तर हिजोको राश्वपा महाधिवेशन उपस्थिति पश्चात उनीहरू गगनतर्फ फर्किन् बाध्य हुनेछन।

वाककलाको हिसाबले गगन पछिल्लो दशकका मात्र होइनन्, केपी ओलीभन्दा अघिदेखि नै लोकप्रिय वक्ता हुन्। २०६४ सालदेखि नै कांग्रेसका चुनावी सभाहरूमा गगनको भाषण सुन्न मानिसहरू प्रतीक्षारत हुन्थे। त्यो आजभन्दा झण्डै दुई दशकअघिको कुरा हो।

अहिले भर्खरै गगनलाई सुन्न थालेकाहरूले उनलाई नयाँ रूपमा बुझ्छ।दमदार अभिव्यक्ति, चातुर्यपूर्ण प्रस्तुति र प्रभावशाली वाककलाका कारण उनी दुई दशकदेखि परिचित र लोकप्रिय नेता हुन्।

सिंचाई
Forest
Ad.

‘जेन्जी’ आन्दोलनपछि पनि गगनले आफूप्रति विमुख भएको ठूलो जमातलाई पुनः आफूतिर तान्न सफल भएका थिएँ। आत्मालोचना र स्वीकारोक्तिलाई नेपाली समाजले छिट्टै स्वीकार गर्छ, र गगन ती कुरा प्रस्तुत गर्ने तरिका पनि जान्ने नेता हुन्।

रास्वपाको महाधिवेशनमा गगन पुग्नुपर्थ्यो, र उनी पुगे।

त्यो लोकतान्त्रिक आचरणको उदाहरण हो।

बालेनलाई अपरिपक्व ठान्ने र रविलाई मन नपराउने, आफूलाई बौद्धिक वर्ग मान्ने तर पुरानो सोच त्याग्न नचाहने एउटा ठूलो जमात छ। त्यो समूहको केही जनमत आज पनि एमाले वा नेकपातर्फ नभई गगनको समर्थन गर्न बाध्य देखिन्छ।

Awareness by SKF

गगन किन मिडियामा ग्लोरिफाइ भए?

रविले नेपाली मिडियामाथि खुलेर आलोचना गर्दै ‘१२ भाइ’को संज्ञा दिएका कारण नेपाली मिडियाले उनलाई सहज रूपमा सकारात्मक देखाउन सक्दैन। बालेनले विज्ञापन नै रोकेपछि मिडियाप्रति उनको निर्भरता पनि रहेन। उनलाई मिडियाको खासै वास्ता छैन।

यसबिच गगन मात्र त्यस्ता लोकप्रिय पात्र बनेका छन्, जसले पुरानो राजनीतिक संरचनालाई केही हदसम्म टिकाइराख्न सक्छन्। उनीबाहेक अरू धेरै नेताको प्रभाव र बिक्रीयोग्यता कमजोर हुँदै गएको छ। त्यसैले पनि मिडियाले आफ्नो सान्दर्भिकता र सुरक्षाका लागि गगनलाई बढी स्थान दिएको देखिन्छ।

गगनलाई देशभरका धेरै मानिसले नेता मानेका छन्। हालका राश्वपा सभापति रविले पनि गगनलाई सधैं सम्मानित नेताका रूपमा प्रस्तुत गर्दै आएका थिए। तर रविको उदय र पपुलिस्ट राजनीतिले गगनको राजनीतिक प्रभावमा चुनौती खडा गरेपछि गगन असहज बनेका हुन्। राजनीतिक रूपमा रविलाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरेकै हुन्।

पुराना भनिएका दलहरूभित्र अझै आशा जगाउने नाममध्ये गगन एक हुन्। किनकि उनी आत्मालोचना गर्छन्, समयअनुसार आफूलाई बदल्न खोज्छन्। ‘जेन्जी’ आन्दोलनअघि सरकारले मिडियामाथि नियन्त्रण गर्ने प्रयास गरिरहँदा गगनले खुला रूपमा “This is wrong” भन्दै विरोध जनाएका हुन्थे भने उक्त आन्दोलन त्यो तह सम्म पुग्दैन्थ्यो। यद्यपि त्यतिबेला देउवापछिको नेतृत्वको आकांक्षाले उनी धेरै विषयमा मौन बसेको सत् प्रतिशत सही हो।

अब नेपाली राजनीति चाहेर पनि पुरानै अवस्थामा फर्किन सक्दैन। रवि गगन बालेन —यी तीनै पात्र नयाँ पुस्ताको राजनीतिक बहसको केन्द्रमा छन्, र निकट भविष्यमा नेपाली राजनीति उनीहरूकै वरिपरि घुम्ने सम्भावना बलियो छ।

धन्यवाद।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो