Smoking Causes Cancer

रोल्पाली सेवा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रा केसी



बाबुराम महत
१ मिनेट अगाडि


Place for ads

दोहा, कतार: “मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबन्द होऔँ” भन्ने मूल नाराका साथ कतारमा स्थापित सक्रिय सामाजिक संस्था ‘रोल्पाली सेवा समाज कतार’को चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम कतारको सनैयामा रहेको फूलबारी रेस्टुरेन्टमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनको पहिलो सत्रमा समाजका अध्यक्ष गोपाल डाँगीको अध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथिबाट ब्यानर अनावरण, नेपालको राष्ट्रिय गान र सहिदहरूप्रति एक मिनेट मौन धारणलगत्तै कार्यक्रमको सञ्चालन संस्थाका महासचिव केसर खनालले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष कमल विष्टले राख्नुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थी, चानक पोखरेल, समाजसेवी सागर नेपाल, संस्थाका प्रमुख संरक्षक दीपेन्द्र डाँगी, संस्थाका प्रमुख सल्लाहकार नन्दकुमार डाँगी, संस्थाका संस्थापक तथा पूर्वमहासचिव थगेन्द्र ओली, संस्थाका सम्पूर्ण सल्लाहकारहरू, कतारमा स्थापित विभिन्न मातृसंस्थाहरू, वैचारिक संस्थाहरू, प्रदेश संस्थाहरू र जिल्ला संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।

सम्पूर्ण प्रदेश संस्थाहरूको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सुजल लौडारीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण जिल्ला संस्थाहरूको तर्फबाट पर्वत सेवा समाज कतारका अध्यक्ष सन्तोष क्षेत्रीले शुभकामना दिनुभएको थियो। कार्यक्रमको बीचबीचमा कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो। वैचारिक संस्थाहरूका प्रमुखहरूले पनि आ-आफ्ना मन्तव्य राख्नुभएको थियो।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले पछिल्लो समय मध्यपूर्वमा देखिएको समस्याले गर्दा कतारमा रहने कामदारहरूलाई पनि प्रत्यक्ष असर परेको र अब केही दिनमै समस्याको समाधान हुने आफूले विश्वास लिएको बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि राजेन्द्र कुमार शर्माले हामीहरूले विदेशमा सिकेको सीप र अनुभव नेपालमा लागू नहुँदा नेपाल झन् पछि र झन् गरिब हुँदै गइरहेको यथार्थ बताउनुभयो।

Awareness by SKF

अन्तिममा कार्यक्रमका सभाध्यक्ष एवं रोल्पाली सेवा समाज कतारका अध्यक्ष गोपाल डाँगीले कार्यक्रम सफल बनाउनका निम्ति अहोरात्र खटिनुहुने सम्पूर्ण उपस्थित जनसमुदायहरूलाई हार्दिक आभारसहित धन्यवाद प्रकट गर्दै कार्यक्रमको खुला सत्र समापन भएको घोषणा गर्नुभएको थियो।

कार्यक्रमको बन्दसत्रबाट रोल्पाली सेवा समाज कतारको अध्यक्ष पदमा सर्वसम्मत रूपमा श्रीमती चित्रा केसी (ईश्वरी) निर्वाचित हुनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो