Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गाको “पोष”ले हिजोको दुब्लो “घोर्ले” बन्यो घोर्ले मावि



प्रेम सुनार
१२ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली टिपिकल बोलचालमा “घोर्ले” शब्द हृष्टपुष्ट, तन्दुरुस्त र बलियो मानिस वा पशुपन्छीलाई जनाउन प्रयोग गरिन्छ। शिक्षा क्षेत्रमा यही अर्थ जोड्ने हो भने गुल्मीको घोर्ले माध्यमिक विद्यालय यस वर्षको एसईई नतिजामा साँच्चिकै नाम जस्तै “घोर्ले” बनेको छ।

रेसुङ्गा नगरपालिका भित्रका १९ वटा माध्यमिक विद्यालयलाई पछि पार्दै ग्रामीण भेगको यस विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो। गत शैक्षिक सत्रको एसईई परीक्षामा सहभागी १८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् भने अधिकांशले ४ जीपीए नजिकको नतिजा ल्याएका छन्।

सिंचाई
Forest
Ad.

दलित तथा जनजाति बाहुल्य ग्रामीण क्षेत्र दुबिचौरमा रहेको यो विद्यालयको सफलताले “गुणस्तरीय शिक्षा शहरका महँगा विद्यालयमै मात्र सम्भव हुन्छ” भन्ने धारणा तोडेको छ।

यस उपलब्धिपछि खिलध्वज पन्थी पहिलोपटक विद्यालयमै पुगेर विद्यार्थी, शिक्षक तथा व्यवस्थापन पक्षलाई बधाई दिएका छन्। उनले प्रधानाध्यापक हिरासिंह सारङ्गकोटी को मेहनत र टिमवर्कको खुलेर प्रशंसा गरे।

मेयर पन्थीले ग्रामीण विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव रहेको प्रमाण घोर्ले माविले दिएको बताए। “अब सदरमुकाममै होइन, आफ्नै गाउँमा पनि राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास अभिभावक र विद्यार्थीमा जगाउनुपर्छ,” उनले भने।

Awareness by SKF

उनले सदरमुकामका विद्यालयले गाउँबाट विद्यार्थी तान्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ग्रामीण विद्यालयलाई थप सुदृढ बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानाध्यापक सारङ्गकोटीले छात्राबास अभाव, धुलाम्मे खेलमैदान लगायत समस्या प्रस्तुत गरेका थिए। त्यसमा मेयर पन्थीले आगामी बजेटमा प्राथमिकता दिने आश्वासन दिएका छन्।

 

“घोर्ले” शब्दमा झैं “पोष” शब्दकको पनि अर्कै अर्थ छ । कुनै दुब्लो पातलो मानिस , लामो समय बिरामी परेको र बिशेषतः सुत्केरीलाई पोषणयुक्त आहरा खुवाएर तन्दुरस्त राखिने कुरालाई पोष भनिन्छ । ठिक त्यस्तै सरकारी भाषामा यहि शब्द प्रयोग गर्ने हो भने विगतमा शैक्षिक, भोतिक सबै रुपले निकै निकै दुब्लो पातलो तर नाम भने घोर्ले राखिएको त्यस बिद्यालयलाई आबश्यक बजेट अर्थात स्तनपान देखि अनेक पोष खुवाउने काम रेसुङ्गा नगरपालिकाले गरेको परिणाम गत दुई बर्ष यता हर्लाक्कै हुर्नेर बल्ल नाम जस्तै घोर्ले हुन गएको हो । पालिका सरकारको साथ पाएर सुम्लाएको घोर्लेले गत बर्ष पनि एसईईमा शतप्रतिशत बिद्यार्थी उर्तिण गराउन सफल भएको थियो ।

त्यस नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले नगरपालिकाका १९ वटा सामुदायिक बिद्यालयहरु मध्ये शतप्रतिशत बिद्यालय उतिर्ण गराउन सफल घोले मावि मात्र्रै भएको बताए । एक सामुदायिक र दुई बोर्डिङ्ग स्कुल रिडर्स र आदर्श बिद्याश्रम सहित तिन वटाले मात्रै शत प्रतिशत नतिजा ल्याउन सफल भएको उनले जानकारी दिए । तर तम्घासको महेन्द्र र रेसुङ्गा माविले शतप्रतिशत उतिर्ण नगराए पनि एक एक जना विद्यार्थीहरुलाई ४ जिपिएर ल्याउने सफलता हासिल गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम खत्री ले गुणस्तर सुधारमा व्यवस्थापन पक्षबाट कुनै कमी हुन नदिने बताए भने वडा अध्यक्ष हुमबहादुर बस्नेत ले विद्यालयको प्रगतिमा वडा सरकारको पनि महत्वपूर्ण भूमिका रहेको दाबी गरे।

विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा प्रधानाध्यापक सारङ्गकोटीको स्वागत मन्तव्य तथा शिक्षक फत्तबहादुर बस्नेत को सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →