Salime Malika Krishi Farm

Awareness Campaign

बैकुण्ठ रायमाझीको पहलमा ‘गुरु सम्मान, रेकर्ड नृत्य तथा पदयात्रा कार्यक्रम’ आयोजना हुँदै



ओझेलका खबर संवाददाता
१ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: समाजमा अग्रज र गुरुवर्गप्रतिको सम्मान घट्दै गएको र नैतिकताको खडेरी परेको भन्दै पूर्वविद्यार्थी बैकुण्ठ रायमाझीले आफ्ना गुरुहरूलाई सम्मान गर्ने उद्देश्यले तीन दिने बृहत् कार्यक्रमको आयोजना गर्ने भएका छन्। वैशाख १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रमले समाजमा हराउँदै गएको नैतिक मूल्य र मान्यतालाई पुनर्जागृत गर्ने विश्वास लिइएको छ।

रायमाझीले कक्षा १ देखि १० सम्म अक्षर ज्ञान दिने गुरुहरू, जन्मदिने मातापिता तथा आध्यात्मिक मार्गदर्शकहरूप्रति कृतज्ञता व्यक्त गर्दै यस ‘गुरु सम्मान तथा पदयात्रा’ कार्यक्रमको आयोजना गरेका हुन्। “अहिलेको बदलिँदो परिवेशमा गुरुवर्गप्रतिको सम्मानको भाव घट्दै गएको महसुस गरी, समाजमा सकारात्मक ऊर्जा फैलाउने मेरो यो एउटा सानो र इमानदार प्रयास हो,” रायमाझीले भने।

यस्तो छ कार्यक्रमको तालिका:
वैशाख १२ गते (गुरु सम्मान): श्री महेन्द्र मा.वि. को सभाहलमा गुरु सम्मान कार्यक्रम सम्पन्न हुनेछ। यस कार्यक्रममा गुरुहरूलाई अबिर, माला, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिनेछ। कार्यक्रमको अन्त्यमा गुरुहरूलाई घरमै लगेर भोजन गराइनेछ।

सिंचाई
Forest
Ad.

वैशाख १२ (नृत्य प्रतियोगिता): कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाउन ३ देखि ४ मिनेटको रेकर्ड नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई रु. ११,१११/-, द्वितीयलाई रु. ७,७७७/- र तृतीयलाई रु. ५,५५५/- नगद पुरस्कारको व्यवस्था गरिएको छ।

वैशाख १३ गते (तपोभूमि प्रस्थान): सालिमे तपोभूमितर्फ पदयात्रा र तपोभूमिको अवलोकन गरिनेछ। साँझपख शंख, घण्ट, खैँजडी र मजुरा सहित भजनकीर्तन तथा अन्तरङ्ग कुराकानी गर्दै सोही स्थानमा बास बस्ने कार्यक्रम रहेको छ। सालिमेमा बाल ब्रह्मचारी भानु गुरुद्वारा ध्यान प्राणायाम गराइनेछ।

वैशाख १४ गते (देउराली माताको दर्शन र समापन): दिब्रुङ देउराली माताको दर्शनार्थ पदयात्रा गरिनेछ। त्यहाँ पञ्चबलिसहितको पूजा, स्थानीय पूजा समितिसँग भेटघाट र प्रसाद ग्रहण पश्चात् कार्यक्रमको औपचारिक समापन हुनेछ।

कार्यक्रमका मुख्य आकर्षण र विशेषताहरू:
विशेष गीत र म्युजिक भिडियो: गुरुहरूको सम्मानार्थ तयार पारिएको विशेष गीत कार्यक्रममा बजाइनेछ र सोही अवसरमा उक्त गीतको म्युजिक भिडियोको छायांकनसमेत गरिनेछ।

Awareness by SKF

नृत्य प्रतियोगिताका नियमहरु:
➤ खुल्ला रेकर्ड नृत्य प्रतियोगिता हुनेछ।
➤ दर्ता शुल्क रु. ५००/- लाग्नेछ।
➤ मौलिक गीत र मौलिक भेषभुषालाई प्राथमिकता दिइनेछ।
➤ वैशाख ११ गते ५ बजेसम्म नाम दर्ता गराई सक्नुपर्नेछ।
➤ नृत्य प्रस्तुति ३ देखि ४ मिनेटसम्मको हुनुपर्नेछ।
➤ नाम दर्ता गराउँदा आफ्नो गीतको बोल र बीचको अडियो ह्वाट्सएपमा पठाउनु पर्नेछ।
➤ गीतको अडियो ओरिजिनल हुनुपर्नेछ। स्किन रेकर्डरलाई मान्यता दिइनेछैन।
➤ विजेतालाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिनेछ।

अनुभव आदानप्रदान: कार्यक्रममा सहभागी सबै गुरुहरू र विद्यार्थीहरूलाई आफ्ना विचार तथा अनुभव साटासाट गर्न ५ देखि ६ मिनेटको समय उपलब्ध गराइनेछ।

खुल्ला सहभागिता: यस अभियानमा पूर्वविद्यार्थी लगायत इच्छुक जो कोही पनि भौतिक, आर्थिक वा नैतिक रूपमा जोडिन सक्नेछन्।

सम्मानित हुने व्यक्तित्वहरू:
आयोजक रायमाझीले आफूलाई सही मार्ग देखाउने मातापिता, आध्यात्मिक गुरुहरू र विद्यालयका गुरुहरूप्रति साष्टाङ्ग नमन गर्दै उहाँहरूको नामावली सार्वजनिक गरेका छन्:
मातापिता: बुवा टेकबहादुर रायमाझी र स्वर्गीय आमा पूर्णकला रायमाझी।
आध्यात्मिक गुरुहरू: डा. योगी विकाशानन्द, रेकी दिक्षा दिने गुरुआमा कमलेश्वरी र मुसिकोट नगरपालिकाको शिरमा विराजमान भानुगुरु।

विद्यालयका गुरुहरू:
१. गुरु पदम केसी
२. स्व. गुरु भुपाल केसी
३. गुरु बोधशाली गौतम
४. गुरु चुराबहादुर घर्ती
५. गुरु मेघबहादुर छन्तेल
७. गुरु सुरेश सर
८ गुरुमा निम कुमारी विक
९. गुरु बद्रिनाथ ज्ञवाली
१०‌. गुरु गजाधर सापकोटा
११. गुरु मुक्त गौतम
१२. गुरु चिरञ्जिवी शाक्य
१३. गुरु टंक केसी
१४. गुरु वेदप्रसाद सापकोटा
१५. गुरु हिरामणी अर्याल
१६. गुरु वासुदेव अर्याल
१७. गुरु भिमलाल सापकोटा
१८. गुरु देवीराम शर्मा
१९. गुरु टिकाराम खरेल
२०. गुरु मोहन मरासिनी
२१. गुरु हेमनाथ पौडेल
२२. गुरु कृष्ण प्रसाद न्यौपाने
२३. स्व. छायादत्त वशिष्ठ
२४. स्व. गुरु विष्णुदेव यादव

कार्यक्रमका आयोजक रायमाझीले सबै गुरुवर्ग तथा शुभचिन्तकहरूलाई आफ्नो दैनिक व्यस्तताका बाबजुद पनि समय निकालेर कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्।

विस्तृत जानकारी तथा दर्ताका लागि सम्पर्क:
कार्यक्रमको जानकारीका लागि: ९७४४७३७३१६ (बैकुण्ठ रायमाझी), ९८६६५५२८७२ (सालिक खत्री)
नृत्य प्रतियोगितामा दर्ताका लागि: ९८६७४९५१०२ (कमल बराल)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो