नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट दोब्बर बढी मतको अग्रता लिएर विजयी भएका छन्।
रुकुम पूर्वका मुख्य निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार प्रचण्ड १० हजार २४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार लीलामणि गौतमले ५ हजार ८१ मत प्राप्त गरेका थिए।
कांग्रेस उम्मेदवार कुसुम देवी घर्तीले ३ हजार ४६२ मत प्राप्त गरेकी छन्। देशभर अग्रता ल्याएको रास्वपा उम्मेदवार लखन कुमार थापाले भने रुकुम पूर्वमा ८१६ मत मात्रै प्राप्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







