गुल्मी: नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. चन्द्र भण्डारीले संविधान संशोधनमार्फत संसद सदस्य संख्या आधा घटाउने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरिनुपर्ने धारणा राख्नुभएको छ।
त्यस्तै, उहाँले कर्मचारी संख्या पनि घटाएर ‘डिजिटलाइजेसन’ मार्फत सेवा प्रवाह प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ।
नेता भण्डारीले विदेशमा रहेका युवाहरू सीप, भाषा र अभावका कारण गम्भीर रोगको जोखिममा परेको उल्लेख गर्दै, गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाई कठिन रोगको उपचारमा सरकारी सहयोग विस्तार गरिने बताउनुभयो।
विदेशबाट आउने युवाहरूलाई एयरपोर्टमा अपराधीजस्तो व्यवहार गरिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पाँच वर्षभित्र नेपाललाई सम्पन्न मुलुकमा रूपान्तरण गर्न सकिने दाबी गर्नुभयो।
“स्रोत र अवसरसँग नेपाली युवालाई जोड्ने काम सरकारले गर्नुपर्छ,” उहाँले भन्नुभयो। खोलाको किनारमा बस्ने गरिब तथा सीमान्तकृत समुदायलाई सेयर तथा स्वामित्वमा सहभागी गराउने नीति ल्याउनुपर्ने बताउँदै भ्रष्टाचार र अनैतिक गतिविधिलाई अन्त्य गर्न कठोर कदम चालिने बताउनुभयो।
मुलुकको दिगो प्रगतिका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बारम्बार संसद विघटन लोकतन्त्रका लागि घातक भएको टिप्पणी गर्नुभयो।
उहाँले संविधान संशोधनमार्फत संसद सदस्य संख्या आधा घटाउने, दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने र कर्मचारी संख्या घटाएर ‘डिजिटलाइजेसन’ मार्फत सेवा प्रवाह प्रभावकारी बनाउने प्रस्ताव समेत अघि सार्नुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










