Salime Malika Krishi Farm

Awareness Campaign

आठौं बागलुङ महोत्सवको तयारी तीव्र



लालु प्रसाद गैरे
४ हप्ता अगाडि


Awareness

Place for ads

बागलुङ । खस्कँदै गएको स्थानीय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित बागलुङकै सबैभन्दा ठूलो मेलाका रूपमा लिइएको आठौं बागलुङ महोत्सवको तयारी तीव्र बनाइएको छ । महोत्सव पुस ११ देखि २१ गतेसम्म बाङ्गेचौर खेल मैदानमा आयोजना हुने भएको छ ।

महोत्सव नजिकिँदै गर्दा बाङ्गेचौर खेल मैदानमा मनोरञ्जनात्मक सामग्रीहरू भित्र्याइँदै छन् भने बागलुङ बजार ब्यानर र प्रचार सामग्रीले सजिन थालेको छ । बागलुङ उद्योग वाणिज्य संघले महोत्सवलाई सफल बनाउन प्रचार–प्रसारलाई व्यापक बनाएको छ ।

यसअघि सात पटकसम्म बागलुङ बजारको मुटु मानिने धौलागिरी क्याम्पसमा आयोजना हुँदै आएको महोत्सव यस वर्षबाट बाङ्गेचौर खेल मैदानमा सारिएको हो । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार–समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

अध्यक्ष शाक्यका अनुसार महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास गरिएको छ । महोत्सवमा यानीमाया, सोरठी लगायतका मौलिक नृत्य, नेवारी समुदायका विविध झाँकीहरू प्रदर्शन गरिनेछ । साथै पर्यटन प्रवर्द्धन र जिल्लाको विकास निर्माणमा महोत्सवले टेवा पुर्‍याउने विश्वास लिइएको उहाँले बताउनुभयो ।

महोत्सवमा ८ लाखदेखि १० लाखसम्म दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवबाट प्राप्त मुनाफा सामाजिक कार्यमा समेत प्रयोग गरिनेछ । जसअन्तर्गत कोसेली घर व्यवस्थित गर्ने, मानव सेवा आश्रमको ‘सडक मानवमुक्त नेपाल’ अभियानलाई सहयोगस्वरूप प्रति टिकट १० रुपैयाँ सहयोग गर्ने, खेलकुद विकासका लागि कोष स्थापना गर्ने तथा उद्योग वाणिज्य संघको सदस्य कल्याणकारी कोषका लागि पाँच लाख रुपैयाँ जम्मा गर्ने योजना रहेको छ ।

संघका अनुसार महोत्सवबाट करिब १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने र सबै खर्च कटाएर करिब ५० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवलाई व्यवसाय प्रवर्द्धनसँग जोड्दै आगन्तुक पर्यटकलाई बागलुङ आसपासका पर्यटकीय स्थलहरूको भ्रमण गराउने व्यवस्था मिलाइनेछ ।

महोत्सवमा जिल्लाका तथा प्रदेशका पर्यटकीय स्थलसम्बन्धी वृत्तचित्र प्रदर्शन, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्रतियोगिता, हाइकिङ तथा टुर प्याकेज, ‘मेड इन बागलुङ’ कक्षमार्फत स्थानीय ढाका, गुन्द्रुक लगायतका उत्पादनको प्रचार–प्रसार गरिनेछ । साथै डिजिटल विज्ञापन, अंग्रेजी नयाँ वर्षको अवसरमा डिजे कन्सर्ट, सुन्तला प्रदर्शनी र स्थानीय खानाका परिकारको प्रदर्शन पनि गरिने संघले जनाएको छ ।

Awareness by SKF

त्यसैगरी महोत्सवमा रैथाने बाली तथा पशुजन्य उत्पादनको बिक्री, मौलिक जातीय झाँकी, सूचना प्रविधि तथा शैक्षिक परामर्श, जातीय खानाका परिकारका स्टल र ‘एक गाउँ एक उत्पादन’ अन्तर्गतका सामग्रीहरूको प्रदर्शनीसमेत राखिनेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो