Salime Malika Krishi Farm

Awareness Campaign

नयाँ अनुहारमध्ये केन्द्रीय सदस्यको दौडमा बागलुङका हिराबहादुर केसी



लालु प्रसाद गैरे
४ महिना अगाडि


Awareness

Place for ads

बागलुङ । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय कमिटी सदस्यमा नयाँ अनुहारहरूको प्रतिस्पर्धा बढेको छ। यही क्रममा बागलुङका एमाले नेता हिराबहादुर केसी पनि केन्द्रीय सदस्यको दौडमा उभिनु भएको छ।

एमालेको नवौँ महाधिवेशनदेखि नै केन्द्रीय सदस्य बन्ने आकांक्षा राख्दै आउनु भएका केसी यसपटक भने नयाँ अनुहारका रूपमा केन्द्रीय कमिटी प्रवेशको दाबी गर्दै मैदानमा उत्रिनु भएको हो। पार्टी संकटमा परेको समयमा दुईपटकसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी यसपटक जसरी पनि केन्द्रीय सदस्य बन्ने लक्ष्यसहित सक्रिय देखिनु भएको छ।

युवा संघ नेपालको उपाध्यक्ष पदबाट बिदा भएपछि पार्टीको मूलधारको राजनीतिमा केन्द्रीय सदस्यबाट प्रवेश गर्न चाहेको भए पनि विगतमा परिस्थितिअनुकूल नबनेको केसीको भनाइ छ। यसपटक भने पार्टीभित्र नयाँ पुस्ताका नेताहरूलाई अवसर दिनुपर्ने माहोल बनेकाले आफू पनि केन्द्रीय सदस्यको दौडमा उभिएको उहाँले बताउनुभयो।

सिंचाई
Forest
Ad.

२०७८ सालमा सम्पन्न दशौँ महाधिवेशनमा गण्डकी प्रदेशको नेतृत्व गर्ने आकांक्षा राखे पनि केसी बागलुङ जिल्ला अध्यक्षको जिम्मेवारीमा चयन हुनु भएको थियो। एकपटक निर्वाचन र अर्को पटक सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष बनेका केसी संविधानसभा निर्वाचन तथा २०७९ सालको संसदीय निर्वाचनमा प्रदेशतर्फ उम्मेदवार बनेर झिनो मतले पराजित हुनु भएको थियो।

“पार्टीको निर्देशनमा दुईपटक चुनावी मैदानमा उत्रिएँ, जनताले दिएको मतलाई शिरमा राखेर हिँडेँ,” केसीले भन्नुभयो, “सांसद बन्ने सपना पूरा नभए पनि पार्टीको झोला बोकेर नागरिकको सेवा गर्दै आएँ। यसपटक बागलुङबाट नयाँ अनुहारका रूपमा केन्द्रीय सदस्यमा दाबी गरेको छु।”

२०७१ सालमा चर्चित ‘बागलुङको हिरा, एमालेको मोती’ भन्ने नाराले २०८२ सालमा सार्थकता पाउने विश्वास व्यक्त गर्दै केसीले पार्टी नेतृत्व र प्रतिनिधिले आफूलाई स्वीकार गर्ने अपेक्षा राख्नुभएको छ।

समाजशास्त्र र अंग्रेजी विषयमा स्नातकोत्तर गरेका केसी हाल पार्टीमा बाहुल्य रहेको ४०–५० वर्ष उमेर समूहमा पर्ने उल्लेख गर्दै युवाको आकर्षण र अनुभव दुवैलाई जोड्दै केन्द्रीय सदस्यमा दाबी पेश गरेको बताउनुहुन्छ। धौलागिरी क्याम्पसको नेतृत्वदेखि दुई कार्यकाल जिल्ला पार्टी नेतृत्व सम्हालेकाले केन्द्रीय सदस्यमा दाबी गर्नु आफ्नो अधिकार भएको केसीको भनाइ छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो