Salime Malika Krishi Farm

Awareness Campaign

प्रगतिनागरमा देवचुली महोत्सवको अन्तिम तयारी पुरा



ओझेलका खबर
२ हप्ता अगाडि


Awareness

Place for ads

प्रितम भुजेल
नवलपुर, मङ्सिर ९: देवचुली नगरपालिका-१५, प्रगतिनगरमा हुने देवचुली महोत्सव–२०८२को अन्तिम तयारी पुरा भएको छ ।

पुस २५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवको अन्तिम तयारी पुरा भएको शुक्रबार आयोजक संस्था देवचुली उधोग बाणिज्य संघले पत्रकार सम्नेलन गरि जानकारी गराएको हो ।

हाम्रो देवचुली राम्रो देवचुली ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समृद्धि—समृद्ध र सुसंस्कृत नगरको उदय’ भन्ने मुल नारा सहित नारा सहित आयोजना महोत्सव्मा संघका अध्यक्ष सत्यनारायण भुसालले करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको जानकारी दिनु भयो ।

सिंचाई
Forest
Ad.

महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, स्थानीय कृषि उत्पादनको बजारीकरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, पर्यटन प्रचार–प्रसार, स्थानीय कला–संस्कृतिको संरक्षण, तथा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने मात्रै होईनकी समाजमा व्याप्त विकृति ,बिसंगति ,कुरीति , जातिय विभेद लाई न्यननिकरणका लागी नगर स्तरमा पहलकदमी र अभियान छेड्ने आयोजकले उद्देश्य लिएको जनाएको छ ।

महोत्सवमा बाल उधान , कृषि तथा पशुपन्छी सामग्री, हस्तकला, घरेलु उद्योगका उत्पादन, लत्ताकपडा, फेशन, विभिन्न खानाका परिकार, मेसिनरी, अटोमोबाइल, बैंक, बीमा र सहकारी सेवासहित १५० स्टल रहनेछन्।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, परम्परागत लोकनृत्य, तथा विद्यालयस्तरीय नृत्य–गायन प्रतियोगिता भलिबल ,म्युजिकल चियर ,पत्रकार विच पानी पिउने ,कवि गोष्ठी ,हाजिर जवाफ लगाएत परम्परागत रत्यौलि प्रतियोगिता रहने आयोजकले बताएको छ।

१५ दिनसम्म चल्ने महोत्सवमा १ लाखदेखि १ लाख ५० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवको आकर्षणलाई बढाउन स्थानिय संघ संस्थाका झांकी आदिवासी जनजातिहरुका कला संस्कार र संस्कृति , जातिय पहिचान झल्कने घरेलु उत्पादनको प्रद्धर्शनी नविनतम प्रविधिको प्रचार अनि Free wifi को व्यवस्था गरिए संगै महोत्सवले व्यापार–व्यवसाय बढाउने र रोजगारी सिर्जना गर्ने आयोजकको दाबी छ।

Awareness by SKF

जेष्ठ नागरिक र साना सना स्कुले विधार्थी अपंगता भएकाहरुको उच्च सुरक्षासुरक्षाका लागि प्रहरी, स्वयंसेवक र निजी सुरक्षा गार्ड खटाइनेछन्। ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, दमकल र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ। महोत्सवको मुख्य सहयोगी देवचुली नगरपालिका रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो