बागलुङ: गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ।
गलकोट नगरपालिका–६ स्थित दरमखोलाको मसरामा भेटिएको शवलाई स्थानीय र परिवारका सदस्यले पहिचान गरेको प्रहरीले जनाएको छ।
घर्ती बेपत्ता भएपछि खोजतलासमा खटिएका टोलीले ताराखोला–१ को गाईघाट झरना नजिकै सडकमा उहाँले लगाएको चप्पल र केही तल मोटरसाइकल भेटेका थिए। यसपछि घर्ती दरमखोलामा मोटरसाइकलसहित खसेको आशंका गरिएको थियो।
आज दिउँसो करिब ३ बजे गलकोट–६ बस्ने ३० वर्षीय सञ्जीव विकले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवलाई पोष्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौर लगिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







