Salime Malika Krishi Farm

Awareness Campaign

ताराखोला गाउँपालिका-१ मा एक पुरुष मृत फेला



लालु प्रसाद गैरे
७ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको ताराखोला गाउँपालिका वडा नं. १, मर्स्याङ्दी खोलानजिकैको गोठमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

ताराखोला-१ का जगबहादुर छन्त्यालको गोठमा फेला परेका मृतकको पहिचान ताराखोला गाउँपालिका वडा नं. ५ निवासी दुर्गबहादुर पाइजाका रूपमा खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी नायब निरीक्षक देवराज काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी चौकी भात खाने डाँडाले जानकारी दिएको छ।

सिंचाई
Forest
Ad.

यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो