Smoking Causes Cancer

गलकोट-३, भैसेँमा सडक दुर्घटना, एक छात्रा घाइते



लालु प्रसाद गैरे
१० महिना अगाडि


Place for ads

बागलुङ: गलकोट नगरपालिका–३ भैसेँमा आज बिहान स्कार्पियो र स्कुल बस एकआपसमा ठोक्किँदा एक छात्रा घाइते भएकी छन्।

बुर्तिबाङबाट काठमाडौँतर्फ जाँदै गरेको ग ३ च २५०९ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आएको ग १ क ६४४३ नम्बरको स्कुल बस तीव्र गतिका कारण सडक किनारमा उभिएकी छात्रालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गलकोट नगरपालिका–७ निवासी १८ वर्षीया एलिसा नेपाली घाइते भएकी हुन्। उनी हाल ईमर्जेन्सी अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ।

सिंचाई
Forest
Ad.

दुर्घटनापछि दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो