Salime Malika Krishi Farm

Awareness Campaign

शनिबारदेखि बेपत्ता ताराखोलाका भीमबहादुर घर्तीको खोजी तीव्र



लालु प्रसाद गैरे
७ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: ताराखोला गाउँपालिका-२ का २३ वर्षीय भीमबहादुर घर्ती शनिबार साँझदेखि बेपत्ता भएका छन्।

अर्गलबाट हटिया जाँदै गरेका उनले बेलुकी ६:४५ बजे दिदी राजमती घर्तीलाई फोन गरी आफू आउँदै गरेको जानकारी दिएका थिए। तर अबेरसम्म नआएपछि खोजी गर्दा फोन अफ रहेको पाइयो।

आईतबार बिहान प्रहरीले स्थानीयसँगै खोजी थालेको थियो। खोजी क्रममा ताराखोला–१ गाईघाट झरना नजिक सडक छेउमा झारपात मिचिएको र घर्तीले लगाउने चप्पल भेटिएको छ। तर उनी चलाउने ध १ प ५३०८ नम्बरको नीलो रंगको १५० सिसी मोटरसाइकल भेटिएको छैन।

सिंचाई
Forest
Ad.

ईलाका प्रहरी ताराखोला, भातखाने डाँडा र हरिचौर प्रहरी चौकीको टोलीले एक्साभेटरको सहयोगमा खोलामा खोजी गरिरहेको र अब खोजलाई गलकोट हुँदै बडिगाड खण्डसम्मका खोलानदीतिर विस्तार गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो