गुल्मी: आज बिहान घरबाट विद्यालय आउँदा अपरिचित मानिसहरुबाट अपहरणमा परेभनेर विद्यालयलाई सूचना दिएका गुल्मीका एक विद्यार्थी एक जङ्ग्ल छेउको मन्दिरमा लुकेर बसेको अवस्थामा फेला परेका छन।
जिल्लाको मदाने गाउँपालिका ६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालय कक्षा ७ का भुवन कुँवर स्थानीय जङ्गल छेउको मन्दिरमा फेला परेका हुन। केहिबेर अघि त्यस विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुँवर क्षेत्रीले हामीलाई फोन गरेर भन्नुभयो, ‘ती दुई जना बालिका र एक जना बालकले गृहकार्य नगरी आएकोले त्यस्तो योजना बनाएको बुझियो। कसैले अपहरण गरेका रहनेछन।’
उनिहरुले अपहरणमा परेको भन्दै बेपत्ता भएपछि मदाने गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र विद्यालय परिवार खोज्न हिँडेका थिए। विद्यार्थीहरु झुटो कुराले करिब दुई घण्टा सबै पक्षलाई चिन्तित र त्रसित पारेको थियो। त्यो सबै नाटक भन्ने थाहा पाएपछि सबैजना चकित परेका छन।
यो पनि: पृथ्वी मावि पुर्कोटदहका विद्यार्थीलाई बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण
विद्यालयले एक विज्ञप्ती जारी गर्दै गृहकार्य नगरेको निहुँमा ति छात्र छात्राहरुले त्यस्तो बहाना बनाएको खुल्न आएको बताएको छ। यस बिचमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै असुविधा प्रति क्षमा याचना पनि गरिएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |