Clean Water Campaign

Awareness Campaign

कान्साईमा पहिलो अधिवेशन गर्दै गुल्मेली समाज जापान, क्षेत्रीय समिति विस्तारको तयारी तीव्र



केशव खड्का
१ मिनेट अगाडि


Awareness

Place for ads

जापान: गुल्मेली समाज जापानले २०२५ सेप्टेम्बर ८ गते सोमबार कान्साईमा पहिलो अधिवेशन गर्ने भएको छ। यसअघि कान्तो, फुकुओका र नागोयामा क्षेत्रीय समिति गठन गरिसकेको समाजले अब कान्साईमा पनि समिति विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

परदेशी भूमिमा रहेका गुल्मेलीलाई एकताबद्ध गर्ने र जापानका विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्ने उद्देश्यसहित अधिवेशनको तयारी भइरहेको अध्यक्ष महेन्द्र अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार, पछिल्लो समय जापानमा बढ्दो नेपाली जनसंख्यासँगै देखिएका चुनौतीहरू समाधानका लागि क्षेत्रीय समिति मार्फत सक्दो सहयोग पुर्‍याउने योजना रहेको छ।

कान्साईमा गुल्मेलीको बाक्लो उपस्थिति भए पनि अहिलेसम्म उनीहरूलाई समेट्ने संस्थागत संरचना नहुँदा समिति गठन आवश्यक भएको कान्साईका खिम खरेलले बताए। उनका अनुसार, करिब ५० भन्दा बढी जिल्लागत तथा क्षेत्रगत संघ–संस्था सक्रिय भए पनि गुल्मेलीको साझा संस्था नहुनु निराशाजनक रहेको थियो। यसपटक केन्द्रसँगको सहकार्यमा तत्काल समिति गठन गरिने उनले स्पष्ट पारे।

सिंचाई
Forest
Ad.

अधिवेशनको तयारीप्रति उत्साह व्यक्त गर्दै कान्साईका अग्रज तथा गुल्मेली समाज जापानका सल्लाहकार तुल्सीराम खरेलले, “कान्साईमा गुल्मेली समाज गठन हुनु निकै खुशीको कुरा हो,” भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →