Clean Water Campaign

Awareness Campaign

मलेसियामा बागलुङका शस् बहादुर थापा मगरको निधन



लालु प्रसाद गैरे
७ घण्टा अगाडि


Awareness

Place for ads

बागलुङ: मलेसियाको क्वालालम्पुर नजिकै रहेको काजाङ क्षेत्रमा बागलुङका शस् बहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्। मलेसियामा रोजगारीमा रहेका याम बहादुर र तारा काउचाका भनाइअनुसार, उनको मृत्यु भएको करिब तीन दिन बितिसक्दा पनि शव अझै वेवारिसे अवस्थामा नै छ।

घटनाको वास्तविक कारण अझ स्पष्ट भइसकेको छैन। तर, त्यहाँको स्थानीय प्रहरी र सम्बन्धित निकायहरूले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अघि बढाइरहेका छन्।

थापा मगर वैदेशिक रोजगारीका लागि केही वर्षअघि मलेसिया पुगेका थिए। उनको असामयिक निधनको खबरले त्यहाँको नेपाली समुदाय मात्र नभई स्वदेशस्थित आफन्त र परिचितहरूलाई पनि गहिरो दुःख दिएको छ।

सिंचाई
Forest
Ad.

समुदायका प्रतिनिधि याम बहादुर र तारा काउचाले मृतकको परिवारसँग सम्पर्क गरी कानुनी प्रक्रिया सहज पार्न र शव नेपाल ल्याउन दूतावाससहित सम्पूर्ण नेपाली समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो