जापान, श्रावण २१: गुल्मी जिल्ला मुसिकोट नगरपालिका-२ मा जन्मिएका रमेश विश्वकर्मा अहिले सामाजिक सञ्जालमा उदाउँदै गरेका एक संघर्षशील कलाकार हुन्। आर्थिक अभावको कठोर पृष्ठभूमिबाट आएका रमेशको जीवन आज प्रेरणाको उज्यालो बनेको छ।
रमेशको बाल्यकाल सजिलो थिएन। बिहानको खाजा नभएको दिनहरू, चप्पल नपाएर नाङ्गो खुट्टामा स्कुल पुगेका सम्झनाहरू अझै ताजा छन्। तर ती कठिनाइहरूमा पनि उनले एक सपना देखे – कलाकार बन्ने।
“हामीसँग पैसा थिएन, तर मेरो मनमा रंग, स्वर, अभिनय थिए,” रमेश सम्झन्छन्।
उनले कुनै औपचारिक अभिनय तालिम लिएका थिएनन्, तर स्कुले नाटकदेखि स्थानीय महोत्सवसम्म उनले जति अवसर पाए, उति मेहनत गरे।
गरिब परिवारको छोरो भएर पनि रमेशले आफ्नो आत्मबल गुमाएनन्। दिनभर मजदुरी गरेर कमाएको पैसाले उनी कहिलेकाहीं मोबाइलमा भिडियो बनाउँथे। ती भिडियोहरू आज सामाजिक सञ्जालमा फैलिँदै छन्। दर्शकहरू रमेशको अभिनय, सरलता र आत्मविश्वासबाट प्रभावित छन्।
रमेशको जीवन अहिले धेरै युवाहरूका लागि प्रेरणाको श्रोत बनेको छ।जहाँ पैसा र पहुँचले मात्र होइन, प्रतिभा र परिश्रमले पनि मान्यता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् रमेश विश्वकर्मा।
वि.सं २०७८ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका हुन। करङ खोलीमा, हिउँचुली हेरि हेरि रुन्छु बरिलै, रुदै बसेर, धान खायो चरीले, जाम सङ्गै रेलैमा, बिर्सन सजिलो छैन होला नि, अन्टी लभर, नाच जमिन थर्काउदै, सेतो कोदो फुल खेल्ने बेलैमा जस्ता गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेका छन्।
त्यसै क्रममा हरितालिका तीजको अवसर परी नाच जमिन थर्काउदै बोलको गीत सार्वजनिक भएको छ। र कलाकारहरुलाई तीजका गीतहरु सार्वजनिक गर्ने चटारो बढेको छ। बजारमा यतिबेला विभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन्। यस वर्षको तिज पर्वको अवसर पारी “नाच जमिन थर्काउदै मा” बोलको नयाँ गीत बजारमा सार्वजनिक गरेको रमेश विश्वकर्माले बताउनु भयो।वबजारमा आएका गीतले जस्तै यो गीतले पनि धेरै दर्शकको माया पाउने विश्वास रहेको गायक विश्वकर्माले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |