बागलुङ: गलकोट नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालय सम्मान गरेको छ।
गलकोट नगरपालिकाले नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालय सम्मान गरेको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले सम्मानले विद्यार्थीहरुमा भविष्यमा थप उच्च शिक्षा हासिल गर्नको लागि उत्प्रेरणा मिल्ने बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकको सहयोगले नै विद्यार्थीको नतिजामा सुधार आउने बताए ।
कार्यक्रमको अवसरमा ३.२ वा सोभन्दा माथि जिपिए ल्याउने गलकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ८० जना विद्यार्थीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयतर्फ खरुवा माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । सत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल र सम्बुद्ध एजुकेशनल एकेडेमीलाई सम्मान गरिएको हो।
त्यस्तै कार्यक्रममा एसईईमा सर्वोत्कृष्ट नतिजा हासिल गरी नगरपालिका प्रथम हुन सफल न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका चाहाना सापकोटा, द्वितिय हुन सफल सोहि विद्यालयको प्रिति साहानी र तृतिय हुन सफल नव प्रभात स्कुलका अग्रता भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयतर्फ खरुवा माध्यमिक विद्यालयका लक्ष्मण गैरेलाई सम्मान गरिएको थियो ।
गलकोट नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत विद्यालयका एकएक जना छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सामुदायिक तर्फ गलकोट माध्यमिक विद्यालयका निस्मा नेपाली, खरुवा माध्यमिक विद्यालयको लक्ष्मण गैरे र संस्थागत तर्फ न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका चाहाना सापकोटा, एकता आवासीय माध्यमिक विद्यालयका रक्तिम गौचनलाई नगरप्रमुख छात्रवृत्ति प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, नगर शिक्षा समितिका सदस्य तथा जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकी, न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सीपल राम प्रसाद शर्मा, खरुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर थापा, अभिभावक दुर्गा रेग्मी, विद्यार्थी लक्ष्मण गैरेले मन्तव्य राखेका थिए ।
कार्यक्रम गलकोट नगरपालिकाका नगर शिक्षा अधिकृत शिव खड्काको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारी हेमन्तको स्वागत र शिक्षा शाखाका प्राविधिक सहायक मनु सिंजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










