बुटवल: बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको शिद्धेश्वर लाल कुमारी माविले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई शुभकामना एवम् सम्मान गरेको छ। विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको दावी गर्दै विद्यार्थीलाई बधाई शुभकामना तथा सम्मान गरेको हो।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौड्यालले एसईई परीक्षा दिने १ जना विद्यार्थीले सबै दिनको परीक्षा दिन अनुकूल नमिलेको बताउँदै ४८ विधार्थीमध्ये ४८ जना नै उत्तीर्ण भएको बताए। परीक्षामा ४ जिपिए विद्यार्थी सुदिक्षा सुवेदीले ल्याएकी थिइन्। यसैगरी ३.६ जिपिएसम्म १५ जना विद्यार्थीले प्राप्त गरेका थिए। ३.२ देखि ३.६ जिपिएसम्म २५ जनाले प्राप्त गरेको विद्यालयले जनाएको छ। यस्तै २.८ देखि ३.२ सम्म ५ जना ,
२.४ देखि २.८ सम्म दुईजना गरि ४८ विद्याथी उत्तीर्ण भएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ७ का जनप्रतिनिधि राधा पौडेलले यो विद्यालय वडा नम्बर ७ को गहना भएको र गर्व गर्ने लायक बनेकोमा खुसी व्यक्त गर्दै यसको गरिमालाई कायम राख्न जरुरी रहेको बताइन्।
विशिष्ट अतिथि सहायक प्रधानाध्यापक लेखनाथ पौड्याल, विशिष्ट अतिथि सहायक प्रधानाध्यापक शान्ता शर्मा , हिरा केसी ,सुदिक्षा सुबेदीलगायतले बोलेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले आगामी २१ गते शनिवारको दिन अबिरमाला गरी नगर परिक्रमा गराइने बताए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक,शिक्षक अभिभावक संघका सदस्य गोकर्ण कुवँर, विद्यालय व्यवस्थापन समितिका सदस्य भावना सुवेदी, बुद्धि बहादुर परियार, मान कुमारी साठीघरे, निर्माण समिति सदस्य प्रेम पुनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन हरि पोखरेलले गरेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |