बागलुङ: गल्कोट नगरपालिका वार्ड नं ३ मा रहेको बौरामा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा आएको छ।
गल्कोट नगरपालिका ३ को बौरामा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो। यसअघि गल्कोटमा पेट्रोल पम्प नहुँदा स्थानीयहरूले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए।लामो समयको आरोह अवरोह पछि सेवा सुचारु हुन लागे सँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने सवारी साधनलाई सहज हुने छ l अब भने नियमित र सुरक्षित शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ।
गलकोट नगरपालिकामा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट शिव शक्ति ट्रेडर्स उद्घाटन गर्नुभएको हो। कार्यक्रममा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट नगरपालिकामा पेट्रोल पम्प सञ्चालनमा आउनु नगरपालिकाका लागि सामाजिक र आर्थिक विकासको मेरुदण्ड भएको र नेपाल आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले गलकोटमा यस्ता सेवा केन्द्र विस्तारले नगरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने र सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंकजस्ता संस्थाहरूको सवारीसाधन चलाउन सहजता आउनेछ,’निउरेले बताउनु भएको थियो।
उक्त गलकोट शिव शक्ति ट्रेडस्बाट पेट्रोल, डिजेल, लुब्रिकेन्स, रेष्टुरेन्ट, मिनिमार्ट र एटिएम सेवा सञ्चालन हुने जनाईएको छ।
पम्प सञ्चालक तारा बोहोरा ले दुई वर्षअघिदेखि सुरु गरेको प्रयास अहिले सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ। ऊहाँले ‘सबैको सहयोग र साथले आज यो सम्भव भएको समेत बताउनु भएको थियो।
कार्यक्रममा गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतम, पेट्रोलियम एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष मोहन सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम गलकोट शिव शक्ति ट्रेडस्का सञ्चालक तारा बहादुर बोहोरा क्षेत्रीको अध्यक्षता, नेपाल आयल निगम गण्डकी प्रदेशका प्रमुख राम कुमार न्यौपानेको स्वागत र नन्दराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










