Salime Malika Krishi Farm

Awareness Campaign

गलकोट नगरपालिकाको आयोजनामा आज गणतन्त्र दिवस कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
११ महिना अगाडि


Awareness

Place for ads

गलकोट: गलकोट नगरपालिकाको आयोजनामा आज गणतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, चुनौती र सुधारका सम्भावनाबारे छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले र लोकतान्त्रिक गणतन्त्रले देशका जनताको अधिकार सुनिश्चित गरेको बताउनुभयो । उहाँले देशको हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानले सम्भव भएको बताउँदै पछिल्लो समय लोकतन्त्र गणतन्त्र माथि प्रहार भईरहेकोले नेपाली जनताले गणतन्त्रको रक्षाको लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले गणतन्त्र विर सहितहरु र नेपाली जनताको बलिदानले नेपालको इतिहासमै निरन्कुश राजतन्त्रको अन्त्य सम्भव भएको बताउनुभयो ।

सिंचाई
Forest
Ad.

उहाँले पछिल्लो पुस्ताले गणतन्त्रलाई सामान्य रुपमा लिंदै देशमा भएको परिवर्तन, उपलब्धी, चुनौती र सम्भावनालाई नजरअन्दाज गर्दै गणतन्त्रको अन्य विकल्प खोजेको बताउनुभयो l

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य धना खत्री, नेकपा माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष कौशिला घर्ति, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य वेदिलाल सापकोटा, गलकोट नगरपालिका वडा नं १ का अध्यक्ष लाल बहादुर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिका वडा नं ३ का अध्यक्ष फम बहादुर खत्रीको स्वागत र गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो