Smoking Causes Cancer

चमुवावासी ब्राह्मण समुदायद्वारा देउराली पूजा सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवामा बसोबास गर्ने ब्राह्मण समुदायले आज देउराली पूजा गरेका छन्। गाउँमा रहेको करिब १०० घरधुरीका ब्राह्मण समुदायले निलुवामा रहेको देउराली थानमा बाख्राको पाठी बली दिएर आज पूजा गरेका हुन्।

परापूर्व कालदेखि नै जेठ महिना र मङ्सिर महिनामा गरी दुईपटक बाली पूजा गर्दै आएको स्थानीय छविलाल सुबेदीले बताउनुहुन्छ‌। जेठ महिनाको पञ्चमी तिथि पारेर पूजा गर्दै आएको उनले बताए। बर्खे खेती लगाउँदा कुनै पनि व्यवधान नआओस् भन्दै कामना गरेका थिए।

सिंचाई
Forest
Ad.

देउराली पूजामा यसपाली अधिकांश विद्यार्थी र बुढापाकाको उपस्थिति रहेको थियो। पूजामा महिलाहरू सहभागिता नहुने प्रचलन छ। विगत केही दशकदेखि देउराली पूजा गर्ने स्थानीय रूपमा पूजा समिति गठन गरिएको छ।

देउराली पूजा गरेर मात्र रोपाइ गर्ने प्रचलन रहेको छ। पूजास्थलमा खानेपानी तथा ओत बस्ने भवन नहुँदा टाढा गएर पानी ल्याउन परेको र पानी पर्दा समेत गोठमा गएर ओतिनुपर्ने बाध्यता रहेको स्थानीय युवा छविलाल सुवेदी (लुजर) बताउनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो