Salime Malika Krishi Farm

Awareness Campaign

गलकोट नगरपालिका वडा नम्बर ४ र ७ मा मुर्रा पाडापाडी र राँगा वितरण



लालु प्रसाद गैरे
१२ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ जिल्ला गलकोट नगरपालिका भैँसी संरक्षण केन्द्रको रूपमा विकास हुँदै गएको छ। भैँसीको सङ्ख्यालाई संरक्षण गर्न दुध उत्पादनमा निरन्तरता दिलाउन भैँसीको आनुवांशिक गुणलाई संरक्षण गर्न र रोजगारी सिर्जनासहित गलकोटलाई दुधालु भैँसीको स्रोत केन्द्रका रुपमा विकास गर्न गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत विकास कार्यक्रम सुरु गरेको हो।

गल्कोट नगरपालिकाको ५०% अनुदानमा ५२ वटा पाडा पाडी र चार वटा राँगा वितरण गरेको छl नगरपालिकाले भैंसी पकेट कार्यक्रम अन्तर्गत भैंसीको लागि छनोट भएका वार्ड नं १,वडा नं ४, र वडा नम्बर ०७ लाई पकेट क्षेत्र निर्धारण गरिएको हो।

जस अन्तर्गत ४ नम्बर वडामा प्रजन्न योग्य पाडि २२ वटा र प्रजन्न लागि तयार दुईवटा मुर्रा राँगा बितरण गरिएको छ। त्यस्तै वडा नम्बर ७ मा एकवटा प्रजनन मुर्रा राँगा वितरण गरिएको हो l बाँकी रहेको वडा नम्बर १ मा अर्को महिना वितरण गरिने गल्कोट नगरपालिकाका पशु चिकित्सक चिन्तामणि गैरेले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले गलकोट नगरपालिकाले सुरु गरेको भैंसी पकेट कार्यक्रम छिट्टै सफल बन्दै जाने बताउनुभएको छ। उहाँले यस कार्यक्रमले भोलिका दिनमा नगरपालिका दुधमा आत्मनिर्भर बन्ने बताउनुभएको थियो।

वितरण कार्यक्रममा गलकोट नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा र वडा नम्वर ४ का वडा अध्यक्ष बल बहादुर खत्री, गलकोट भैंसी पकेट समन्वय समितिका संयोजक नर बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो