Smoking Causes Cancer

Awareness Campaign

गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ, वैशाख २१: गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाई भएको छ। निर्माण कम्पनीको लापर्वाहीका कारण सम्झौता अवधि सकिदा ४० प्रतिशत मात्रै काम भएको हो।

वि.सं. २०७९ असार दुई पाँच महिनामा सक्ने गरि सम्झौता भए पनि हालसम्म भवनको आधा काम पनि हुन सकेको छैन। भवन निर्माणका लागि रविना-जीवन जेभी काठमाडौँले २०८१ मंसिर २९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको थियो।

निर्माण कम्पनीले समयावधि भित्र काम नसकेपछि कार्यापालिकाको बैठकले गत माघ महिनामा थप एक वर्ष म्याद थप गरेको छ। म्याद थप गरेको महिनौँ बितिसक्दा पनि निर्माण कम्पनी कामको गतिलाई बढाउन सकेको छैन। छ तले भवनको हालसम्म पाँच तला मात्रै ढलानको भएको गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले जानकारी दिनुभयो। भवन रु १२ करोड ४१ लाख ५५ हजार लागतमा बन्न थालेको इन्जिनियर दाहाल बताउनु हुन्छ।

सिंचाई
Forest
Ad.

नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गर्दै आएको छ। नगरपालिका स्थपनादेखि नै भाडाको घरमा बस्दै आएको छ। गलकोट नगरपालिका-६, चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा संचालन गर्दै आएको हो।

लामो समयसम्म निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नगरपालिकाले वर्षेनी लाखौँ रकम घर भाडामा खर्चनु बाध्य परेको छ। अहिलेसम्म आधा काम पनि नहुँदा म्याद थप गरेको समयमा भित्र सम्पन्न हुने संभावना कम देखिएको छ।

विभिन्न समस्या होला भनेर नगरपालिकाले केही समय म्याद थप गरि दियो, तर अहिले पनि निर्माण कम्पनीले उदासिनता देखाएको छ।

अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, अरुको घर भाडामा लिएर काम गर्दा समस्या भएको छ, एउटा घरमा सबै शाखाहरु राख्न सकिदैन, धेरै घरमा राख्दा सेवाग्राहीलाई पनि समस्या हुने गरेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो