पाल्पा: पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्। राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो।
रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा भएको दुर्घटनामा एउटै गाउँका तीन जनाको ज्यान गएको छ । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ। अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







