गलकोट: गल्कोट नगरपालिका वार्ड नं ४ मा निःशुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाग्लुङको आयोजना तथा प्राविधिक सहयोग एवं गल्कोट नगरपालिका कृषि विकास शाखाको समन्वयमा माटो परीक्षण गरिएको थियो।
उक्त शिविरमा ५८ वटा माटोको नमुना परीक्षण गरिएको थियो जस अन्तर्गत परीक्षणका क्रममा माटोको अम्लियपन तथा छारीय गुण, माटोको नाइट्रोजन अवस्था कम, पोटासियमको माध्यम, फस्फोरस र प्राङ्गारिक पदार्थको मात्रा सन्तोषजनक देखिएको गल्कोट नगरपालिकाका कृषि स्नातक प्राविधिक संगीता श्रीस ले बताउनुभएको छ।
त्यस्तै परीक्षणको क्रममा माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्त्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकता अनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जाने र माटोलाई जीवित राख्न उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्राङ्गारिक मलको प्रयोग गर्न कृषि ज्ञान केन्द्रकी प्राविधिक मनिषा सुवेदीले बताउनुभएको थियो।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बाग्लुङका अधिकृत जमुना भण्डारी, कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक निर्मल सापकोटाको उपस्थिति रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







