दाङ: दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर-७, पर्सेनी निवासी अन्दाजी ३७ वर्षिय युवराज चापागाईंसहित चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी तुलसीपुर-७, श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षिय वृद्धाको मृत्यु भएको छ। यस्तै अरु दुई जनाको पनि मृत्यु भएको तर उनीहरुको नाम नखुलेको उनले बताए। गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उनले जानकारी दिए। वडा अध्यक्ष जिसीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो।
गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको प्रारम्भिक अनुमान गरिएको छ। गाडी पनि भारतीय नम्बर प्लेटको भएपनि तुलसीपुरकै रहेको खुलेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |